वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने « Khabarhub

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ ।

यसअघि, थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ ।

“काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदीकिनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ,” सूचनामा भनिएको छ ।

बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १० : १० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा