दुई दिने नेवा महोत्सव सुरु « Khabarhub

दुई दिने नेवा महोत्सव सुरु


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजारमा सुरु भएको छ ।

विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन् ।

यो महोत्सवमा विषेश गरि पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत  आ-आफ्नो पहिचान प्रस्तुत गर्ने, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिने यल नेवा समाजले जनाएको छ । 

यल नेवा समाजका अध्यक्ष नानी काजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभई विशुद्ध पाटनका जातीय समाजको परम्परागत सिपको प्रस्तुति रहेको जनाए । 

पाटनमा २१ जातीय समाज छन् । महोत्सवमा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ । 

महोत्सव ललितपुर महानगरपालिका वडा १६ को प्रायोजनमा भएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १ : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल