नेपालको इतिहासकै पहिलो बजेटमा के थियो ? « Khabarhub

नेपालको इतिहासकै पहिलो बजेटमा के थियो ?


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८३/२०८४ को बजेट शुक्रबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय तथा राष्ट्रिय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

पुराना दललाई पाखा लगाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले बजेट प्रस्तुत गर्दै गर्दा नेपालमा बजेटको इतिहास पनि बुझ्नु पर्ने हुन्छ । नेपालमा बजेटको इतिहास पनि सधैँ अध्ययनको विषय बन्ने गरेको छ ।

नेपालमा वि.सं. १९०३ मा जङ्गबहादुर राणाले कोतपर्वपछि सत्ता हातमा लिएर राणा शासन सुरू गरेका थिए । १०४ वर्षे जहानियाँ राणा शासनपछि २००७ मा क्रान्तिमार्फत् नेपालमा प्रजातन्त्र आएको थियो ।

राणा शासनको अवधिमा मुलुकको आम्दानी–खर्चबारे जनतालाई जानकारी हुँदैनथ्यो । राणाशासनमा जनतालक्षित कार्यक्रम पनि हुँदैनथे । जसले गर्दा बजेट पनि सार्वजनिक हुँदैनथ्यो ।

२००७ सालमा प्रजातन्त्र स्थापनापछि मात्रै मुलुकमा पहिलोपटक सरकारले बजेट सार्वजनिक गर्ने अभ्यास सुरु गर्यो । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारको तर्फबाट २००८ साल माघ १९ गते अर्थमन्त्री सुवर्ण शमशेर राणाले औपचारिक बजेट प्रस्तुत गरेका थिए ।

यससँगै जनतालाई सरकारको आय–व्यायबारे बजेटमार्फत् जानकारी गराउने परिपाटी सुरुवात भएको थियो ।

त्यसबेला अर्थमन्त्री शमशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ उठ्ने लक्ष्य राखिएको थियो । सरल भाषामा लेखिएको उक्त बजेटमा चालु खर्च र पुँजीगत खर्च भनेर शीर्षक छुट्याइएको पाइँदैन ।

२००८ सालको बजेटमा सबैभन्दा बढी खर्च (७० लाख ७० हजार) राष्ट्रिय सुरक्षामा खटिने प्रहरी र सेनाका लागि छुट्याइएको थियो । उता मन्त्रिगण र सचिवालयका लागि ३२ लाख ४० हजार रुपैयाँ र राजसंस्थाका लागि भने ५ लाख ८४ हजार मात्रै खर्च छुट्याइएको थियो ।

‘२००७ सालको कूल आम्दानी २ करोड ९० लाख ३१ हजार रुपैयाँ, खर्च २ करोड ४६ लाख ८७ हजार र बचत ४३ लाख ९४ हजार देखिन्छ । गतसालको आन्दोलन र गडबडीले गर्दा के कति बचत दाखिला हुन सक्यो यकिन हुन सकेको छैन । तर, एकाउण्टेन्ट जनरलद्वारा हिसाव खडा गराउने काम भइरहेको छ,’ पहिलो बजेट पुस्तिकामा उल्लेख छ ।

नयाँ बजेटमा सुवर्ण शमशेरले तीन प्रकारका शीर्षकलाई प्राथमिकता दिएको भेटिन्छ ।

‘मैले विशेषगरी तीन प्रकारको विवरण तयार गरेको छु । (क) सामान्य आम्दानी र खर्चको विवरण (ख) विशेष आम्दानी र त्यसको बाँडफाँटको विवरण (ग) आम्दानी र खर्चको संकलित विवरण,’ बजेटमा उल्लेख छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुवर्ण शमशेरले त्यस वर्ष सरकारले ३ करोड ५ लाख १६ हजार आम्दानी गर्ने आँकलन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा १४ लाख ३५ हजारभन्दा बढी रहेको बजेटमा उल्लेख छ ।

यसका साथै, उक्त बजेटमा सरकारले जम्मा गरेको आम्दानीबाट राजधानी काठमाडौं जोड्ने मुख्य सडक निर्माण तथा विमानस्थलहरूको पुनर्निर्माण गरिने लेखिएको भेटिन्छ ।

‘काठमाडौं आउने मूलबाटो बनाउने योजना पूरा हुनै आँटेको छ, चाँडै नै निर्माणकार्य सुरू गरिने आशा छ । गौरवको विमान अवतरण भूमि अरू हवाई अड्डाहरूमा जस्तै पक्का गराइन लागेको छ, विराटनगर इत्यादिमा तयार भइसकेको छ,’ बजेटमा उल्लेख छ ।

सरकारको आम्दानीको माया मारेर पनि कृषकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको पाइन्छ ।

यस्तो छ, २००८ सालको बजेटको पूर्णपाठ :

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : ०१ बजे

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब