सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष लिङ्देन « Khabarhub

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष लिङ्देन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेन-जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चाबहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् ।

अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए । 

यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच वर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमीकमजोरी दोहराउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनले बताए ।

उनले होशियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना दिए । 

अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिब दुई दशकमा के पायौ र के गुमायौ भन्ने समीक्षा गर्ने बेला आएको बताए । गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुत हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : १० बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब