चौदण्डीगढीमा खरबुजा खेती आकर्षणको केन्द्र बन्दै « Khabarhub

चौदण्डीगढीमा खरबुजा खेती आकर्षणको केन्द्र बन्दै


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ ।  

केही वर्षअघि नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्ग्यानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गरेकी हुन् । 

गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजीभन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताइन् । 

विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगासम्म पुर्याउने योजना पनि उनले बनाएकी छन् ।

खरबुजा खेतीसँगै बेमौसमी तरकारी उत्पादनको तयारीसमेत भइरहेको छ । कृषिलाई दीर्घकालीन आम्दानी र रोजगारीको आधार बनाउने लक्ष्यसहित अघि बढेको यस योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले अर्ग्यानिक तथा नमुना खेतीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन् । 

बलौटे तथा दोमट माटो खरबुजा खेतीका लागि उपयुक्त मानिने भएकाले उदयपुरको त्रियुगा नदी आसपासका क्षेत्रमा यसको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन् । 

कृषिमा सम्भावना खोज्दै युवाहरू गाउँमै स्वरोजगार बन्ने अवसर प्राप्त हुन थालेपछि उदयपुरमा व्यावसायिक खरबुजा खेतीप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : ०१ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता