प्राधिकरण पुनर्संरचना गरेर तीन टुक्रा, निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापार खुला « Khabarhub

प्राधिकरण पुनर्संरचना गरेर तीन टुक्रा, निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापार खुला


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापारमा जोड्ने भएको छ। त्यसका लागि सरकारले बजेटमै व्यवस्था मिलाउने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार अपराह्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दा यस्तो घोषणा गरेक हुन् ।

उनले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्ने व्यवस्था मिलाउने घोषणा गरेसँगै नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोडिने भएको छ।

उता सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । अर्थमन्त्री वाग्लेले जलाशययुक्त आयोजना निर्माण गर्ने कम्पनीलाई पहिलो वर्षमै ४० प्रतिशतसम्म आईपीओ निष्काशन गर्न दिने घोषणा गरे ।

यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । अब उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने भएको छ।

‘लामो समयदेखि थाती नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिनेछ,’ वाग्लेले भने, ‘नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीका रुपमा विभाजन गरिनेछ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ४ : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने