सामाजिक सुरक्षा भत्ताबारे सरकारको अभियान ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ « Khabarhub

सामाजिक सुरक्षा भत्ताबारे सरकारको अभियान ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सामाजिक तथा आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने अभियान चलाउने भएको छ ।

यस कार्यक्रम अन्तर्गत ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गरिने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन्।

उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत् यस्तो अभियानको घोषणा गरेका हुन् । सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने पनि उनले बताए ।

उता अर्थमन्त्री वाग्लेले देशभरका दलित बालबालिकालाई बाल पोषण भत्ता दोब्बर बनाएर मासिक एक हजार रुपैयाँ बनाएको घोषणा गरे ।

उनले उच्च गरिबी भएका मधेश, कर्णाली र सुदूरपश्चिमका बालबालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिइएको बताए ।

उनले सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : ४१ बजे

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता