बालेन सरकारको बजेटमा निजी क्षेत्रको प्रतिक्रिया सकारात्मक « Khabarhub

बालेन सरकारको बजेटमा निजी क्षेत्रको प्रतिक्रिया सकारात्मक


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे ।

डा. वाग्लेले करका दरमा हेरफेरदेखि विगतका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै २१ खर्ब बढी बजेट प्रस्तुत गरेका छन् । सरकारले ल्याएको बजेटमा भने निजी क्षेत्रले प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले केही वस्तुमा अन्तःशुल्क घटाएको, मध्यम आय हुनेको दायरा बढाएको लगायतका विषय र पूर्वाधारबाट लगानी परिचालन लगायतका विषय सकारात्मक देखिएको बताए ।

तर, विगतदेखि सरकारको प्रतिबद्धता आउने तर कार्यान्वयन गरेर जाने पक्ष मजबुत हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले आजको बजेट सुन्दा सरकारले केही न केही नयाँ गरेर अगाडि जान खोजेको जस्तो देखिएको पनि बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले नीतिगत हिसाबले हेर्दा बजेट राम्रो देखिएको र महत्वकांक्षी पनि भएको बताए ।

‘राजस्वमा व्यापक सुधार गरिएको छ, अन्तःशुल्क हटाइएको छ, भन्सारका दरहरू पनि घटाइएका छन्, आयकरका दरमा पनि परिवर्तन गरिएको छ’, उनले भने, ‘नीतिगत हिसाबले हेर्दा बजेट राम्रो छ, बजेट महत्वकांक्षी पनि छ ।’

७ प्रतिशतको आर्थिक वृद्धिदर ६ प्रतिशत महँगी वृद्धिमा सीमित राख्ने कुरामा २० प्रतिशत कर्जा विस्तार हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : ५० बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल