काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई « Khabarhub

काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ ।  

शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको फाइनलमा काजकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै इरानले उपाधी जितेको हो । 

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले  दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तर त्यसपछिका दुई सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पार्दै इरान च्याम्पीयन बनेको हो ।

त्यसअघि शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । खेलमा भारतले पहिलो र दोस्रो सेट २५–२३ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेपछि चौथो सेट भारतले २५–२२ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्‍यो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ७ : १८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला