घाइते जेन-जीलाई सहुलियत कर्जा, अविवाहित करदातालाई राहत « Khabarhub

घाइते जेन-जीलाई सहुलियत कर्जा, अविवाहित करदातालाई राहत


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका सहिद र घाइतेहरूका परिवारलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उता अबदेखि वार्षिक १० लाख रूपैयाँ अविवाहित करदाताले १ प्रतिशतमात्रै आयकर तिरे हुने भएको छ ।

हाल ५ लाख रूपैयाँसम्म कमाउनेले १ प्रतिशत कर तिरे हुनेमा न्यूनतम कर स्ल्याब दोब्बर भएको हो ।

हालको दरअनुसार वार्षिक १० लाख रुपैयाँ कमाउनेले ८५ हजार रूपैयाँ कर तिर्नुपर्दथ्यो । अब भने १० हजार रूपैयाँमात्र तिरे पुग्नेछ ।

यसको अर्थ अविवाहित करदाताले कूल ७५ हजार रूपैयाँ कम कर तिरे हुने भएको छ ।

यसैगरी व्यक्तिगत आयकरको अधिकतम् दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । अबदेखि ३९ प्रतिशतसम्म रहेको अधिकतम कर २९ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : १२ बजे

न्युयोर्कले नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुन्छ, पार्टी तोड्ने होइन, जोड्नेतर्फ लाग्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी

देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १९ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न

विभिन्न कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं–  प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत– मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले