घाइते जेन-जीलाई सहुलियत कर्जा, अविवाहित करदातालाई राहत « Khabarhub

घाइते जेन-जीलाई सहुलियत कर्जा, अविवाहित करदातालाई राहत


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका सहिद र घाइतेहरूका परिवारलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उता अबदेखि वार्षिक १० लाख रूपैयाँ अविवाहित करदाताले १ प्रतिशतमात्रै आयकर तिरे हुने भएको छ ।

हाल ५ लाख रूपैयाँसम्म कमाउनेले १ प्रतिशत कर तिरे हुनेमा न्यूनतम कर स्ल्याब दोब्बर भएको हो ।

हालको दरअनुसार वार्षिक १० लाख रुपैयाँ कमाउनेले ८५ हजार रूपैयाँ कर तिर्नुपर्दथ्यो । अब भने १० हजार रूपैयाँमात्र तिरे पुग्नेछ ।

यसको अर्थ अविवाहित करदाताले कूल ७५ हजार रूपैयाँ कम कर तिरे हुने भएको छ ।

यसैगरी व्यक्तिगत आयकरको अधिकतम् दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । अबदेखि ३९ प्रतिशतसम्म रहेको अधिकतम कर २९ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ७ : १२ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी