सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू) « Khabarhub

२३औँ राष्ट्रिय धान दिवस

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो ।

आधुनिक कृषि प्रणालीसँगै ट्र्याक्टरको प्रयोग बढ्दै गएका कारण यति धेरै हलगोरु एकै ठाउँमा प्रयोग गरेर गरिने रोपाइँ अहिले दुर्लभ बन्दै गएको छ । संस्कृति संरक्षण हेतु र परम्पराको निरन्तरताको लागि गाउँपालिकाकै सक्रियतामा आयोजना गरिएको रोपाइं कार्यक्रममा करिब ५ रोपनी खेतमा असारे भाकामा रोपारहरुले छुपुमा छुपु धान रोपेका थिए ।

रोपाइँसँगै सहभागीहरूले खेतमा हिलो खेल्ने, एकअर्कालाई हिलो दल्ने, असारे गीत गाउने तथा डोरी तान्ने ९टग अफ वार० लगायतका मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागी भएका थिए ।

नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइन्छ। वर्षायामसँगै सुरु हुने धान रोपाइँलाई कृषि उत्पादन, खाद्य सुरक्षा र नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ५७ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी