कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ? « Khabarhub

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबीच फिफा विश्वकपको मञ्चमा हुन सक्ने भनिएको ‘महाभिडन्त’ को सम्भावना लगभग समाप्त भएको छ ।

अपेक्षा गरिए बमोजिम अर्जेन्टिना र पोर्चुगल आ–आफ्नो समूहको विजेता बनेको खण्डमा क्वार्टरफाइनलमा यी दुई स्टार आमनेसामने हुने समीकरण तय थियो । इन्टरनेट र सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको यो सम्भावित खेललाई पोर्चुगलको अप्रत्याशित नतिजाले पूर्णविराम लगाइदिएको छ ।

शनिबार भएको समूह ‘के’ को अन्तिम खेलमा कोलम्बियासँग ०–० को बराबरीमा रोकिएपछि पोर्चुगल समूह उपविजेतामा सीमित हुन पुग्यो । सोही समूहमा कोलम्बिया शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ । यस नतिजाले पोर्चुगललाई नकआउट तालिकाको अर्कोतर्फ धकेलिदिएको छ, जहाँ उसले अन्तिम ३२ मा क्रोएसियाको सामना गर्नेछ भने उक्त खेल जितेमा अन्तिम १६ मा स्पेनसँग भिड्ने सम्भावना रहनेछ । अर्कोतर्फ, लियोनेल मेसीको टिम अर्जेन्टिनाले भने अन्तिम ३२ मा केप भर्डेको सामना गर्नेछ ।

आफ्नो खेलजीवनमा यी दुई खेलाडीले हालसम्म ३६ पटक प्रतिस्पर्धा गरिसकेका छन्, जसमा मेसीले १६ खेल जित्दै २२ गोल गरेका छन् भने रोनाल्डोले ११ खेल जित्दै २१ गोल गरेका छन् । उनीहरूबीचको अन्तिम भेट सन् २०२३ को जनवरीमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल-स्टार्सबीचको मैत्रीपूर्ण खेलमा भएको थियो ।

हाल फरक-फरक महाद्वीपका क्लबबाट खेलिरहेका र सन् २०३० को आगामी विश्वकपमा सहभागिताको सम्भावना न्यून रहेका यी दुई खेलाडीबीचको यो नै अन्तिम विश्वकप भिडन्त हुन सक्थ्यो । अब यी दुई टोली प्रतियोगिताको फाइनलमा पुगेको खण्डमा मात्र मेसी र रोनाल्डोको भेट मैदानमा सम्भव हुनेछ, अन्यथा विश्वकपमा यी दुई जादुगरको आमनेसामने हेर्ने फुटबल प्रशंसकको चाहाना अधुरै रहनेछ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ११ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको