१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म « Khabarhub

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय रहेको फिल्म ‘आई एम जितबहादुर’ बक्स अफिसमा फ्लप भएको छ ।

समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यो फिल्मले बक्स अफिसमा जम्मा ३१ लाख ग्रस कलेक्सन गरेको छ ।

चलिचत्र विकास बोर्डका अनुसार असार ५ देखि १४ गतेसम्म यो फिल्म हेर्नका लागि ९ हजार ६२६ वटा टिकट खरिद बिक्री भएको छ । अर्थात् १० हजारले पनि यो फिल्म हरेका छैनन् ।

शीर्ष नायकका रुपमा हिट फिल्म दिन नसकिरहेका जितुले यो पटक आफैँ निर्माणमा होमिएका थिए । उनी डेब्यू निर्माणमा यो फिल्म बनेको हो । निर्माता पनि उनी फ्लप बनेका हुन् ।

जितुले यो फिल्म फ्लप भएको स्वीकार गरेका छन् । उनले भारतीय निर्देशक भरोसा, कमजोर गीत र नामका कारण फिल्म फ्लप भएको बुझेका छन् ।

उनले भने, ‘मेरो नामबाट फिल्मको शीर्षक राखिएको छ । चर्चा पनि मेरो बायोपिक जसरी नै भयो । मेरो बायोपिक बन्ने समय भएको छैन ।’

यस फिल्मको निर्देशक सुवेन्दु घोष हुन् । फिल्ममा जितुसहित नायिका वर्षा राउत शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र