१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म « Khabarhub

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय रहेको फिल्म ‘आई एम जितबहादुर’ बक्स अफिसमा फ्लप भएको छ ।

समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यो फिल्मले बक्स अफिसमा जम्मा ३१ लाख ग्रस कलेक्सन गरेको छ ।

चलिचत्र विकास बोर्डका अनुसार असार ५ देखि १४ गतेसम्म यो फिल्म हेर्नका लागि ९ हजार ६२६ वटा टिकट खरिद बिक्री भएको छ । अर्थात् १० हजारले पनि यो फिल्म हरेका छैनन् ।

शीर्ष नायकका रुपमा हिट फिल्म दिन नसकिरहेका जितुले यो पटक आफैँ निर्माणमा होमिएका थिए । उनी डेब्यू निर्माणमा यो फिल्म बनेको हो । निर्माता पनि उनी फ्लप बनेका हुन् ।

जितुले यो फिल्म फ्लप भएको स्वीकार गरेका छन् । उनले भारतीय निर्देशक भरोसा, कमजोर गीत र नामका कारण फिल्म फ्लप भएको बुझेका छन् ।

उनले भने, ‘मेरो नामबाट फिल्मको शीर्षक राखिएको छ । चर्चा पनि मेरो बायोपिक जसरी नै भयो । मेरो बायोपिक बन्ने समय भएको छैन ।’

यस फिल्मको निर्देशक सुवेन्दु घोष हुन् । फिल्ममा जितुसहित नायिका वर्षा राउत शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : १७ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी