वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू)  « Khabarhub

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले वार्षिक साढे ५ करोड मानिस हिँड्छन् । 

चीनको राजधानी बेइजिङदेखि दक्षिणमा रहेको मुख्य प्रवेशद्वार अहिले पर्यटकीय स्थल बनेको छ । चीनका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक यहाँबाट सन् २०२५ मा करिब ५ करो ३६ लाख यात्रुले यात्रा गरेका छन् । यसको अर्थ औसतमा प्रतिदिन करिब एक लाख ४७  हजार यात्रु यो विमानस्थल हुँदै ओहोरदोहोर गर्छन् । 

व्यस्त मौसम, विशेषगरी चिनियाँ नयाँ वर्षको समयमा, दैनिक यात्रु संख्या एक लाख ५० हजार वा त्योभन्दा बढी पुग्न सक्ने हिसाब छ । यो विमानस्थलको दीर्घकालीन डिजाइन क्षमता अझै धेरै छ । यसले भविष्यमा विस्तारपछि १० करोड यात्रुसम्म वार्षिक क्षमता पुर्‍याउने योजना छ ।
  
४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर वार्षिक १० करोड यात्रु आवतजावत हुने अपेक्षा छ । 

विमानस्थलमा चारवटा धावनमार्ग, १५० वटा हवाई जहाजका लागि अवतरण गर्ने स्थान र ७ हजार वर्ग मिटरका टर्मिनल भवन रहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ३३ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक