वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू)  « Khabarhub

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले वार्षिक साढे ५ करोड मानिस हिँड्छन् । 

चीनको राजधानी बेइजिङदेखि दक्षिणमा रहेको मुख्य प्रवेशद्वार अहिले पर्यटकीय स्थल बनेको छ । चीनका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक यहाँबाट सन् २०२५ मा करिब ५ करो ३६ लाख यात्रुले यात्रा गरेका छन् । यसको अर्थ औसतमा प्रतिदिन करिब एक लाख ४७  हजार यात्रु यो विमानस्थल हुँदै ओहोरदोहोर गर्छन् । 

व्यस्त मौसम, विशेषगरी चिनियाँ नयाँ वर्षको समयमा, दैनिक यात्रु संख्या एक लाख ५० हजार वा त्योभन्दा बढी पुग्न सक्ने हिसाब छ । यो विमानस्थलको दीर्घकालीन डिजाइन क्षमता अझै धेरै छ । यसले भविष्यमा विस्तारपछि १० करोड यात्रुसम्म वार्षिक क्षमता पुर्‍याउने योजना छ ।
  
४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर वार्षिक १० करोड यात्रु आवतजावत हुने अपेक्षा छ । 

विमानस्थलमा चारवटा धावनमार्ग, १५० वटा हवाई जहाजका लागि अवतरण गर्ने स्थान र ७ हजार वर्ग मिटरका टर्मिनल भवन रहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ३३ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको