कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ « Khabarhub

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा सोमबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आइतबार बेलुका विनोदले दाजु मनोजमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि शव नहरमा फालेर फरार भएका उनलाई कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा कुटपिटका कारण मनोजको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। पक्राउ परेका विनोदलाई म्याद थपका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ४२ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको