कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ « Khabarhub

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा सोमबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार आइतबार बेलुका विनोदले दाजु मनोजमाथि कुटपिट गरी हत्या गरेका थिए। घटनापछि शव नहरमा फालेर फरार भएका उनलाई कोहलपुर नगरपालिका–१५ चन्हवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा कुटपिटका कारण मनोजको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ। पक्राउ परेका विनोदलाई म्याद थपका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ४२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था