जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त « Khabarhub

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि सप्ताहान्तमा उक्त जलमार्गको समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ । अमेरिका र इरानबीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता बढेको छ ।

सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले होर्मुज जलमार्ग पार गरेका थिए भने आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भएको छ । केप्लरका तथ्याङ्कअनुसार १५ जुनपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा बुधबार मात्रै ७० वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए, जुन पछिल्लो अवधिकै उच्च सङ्ख्या हो ।

इरानले स्वीकृत मार्गबाहेक अन्य जलमार्ग प्रयोग नगर्न चेतावनी दिए पनि सप्ताहान्तमा केही जहाजले विभिन्न मार्ग प्रयोग गरेका थिए । केप्लरअन्तर्गतको ‘मरिन ट्राफिक’ वेबसाइटका अनुसार शनिबार बिहान आक्रमण भएको जहाजपछि केही घण्टासम्म जहाजले ओमानको जलक्षेत्र हुँदै दक्षिणी मार्ग प्रयोग गरे पनि त्यसपछि आवागमन सुस्त बनेको थियो ।

उक्त वेबसाइटले सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र अनुगमन गर्ने भएकाले सिग्नल बन्द गरेका अन्य जहाज पनि जलमार्ग पार गरेको हुन सक्ने जनाइएको छ । सप्ताहान्तमा खाडी क्षेत्रबाट बाहिरिनेभन्दा भित्रिने जहाजको सङ्ख्या बढी रहेको केप्लरले जनाएको छ । अघिल्लो साताको तुलनामा यो प्रवृत्ति फरक हो । त्यसबेला खाडी क्षेत्रमा अलपत्र परेका नाविकलाई सुरक्षित बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिइएको थियो ।

संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सञ्चालित करिब ११ हजार नाविकको उद्धार अभियान भने ओमानको खाडीमा भएको जहाजमाथिको आक्रमणपछि बिहीबार स्थगित गरिएको थियो । एचएफआई रिसर्चका अनुसार आइतबार चारवटा तेल ट्याङ्कर र एउटा कन्टेनर जहाज अमेरिकी नौसेनाको सुरक्षा व्यवस्थामा ओमानको दक्षिणी मार्ग हुँदै खाडी क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि आइतबार खाडीबाट बाहिरिने कुनै पनि जहाजले उक्त मार्ग प्रयोग नगरेको केप्लरले जनाएको छ ।

इरानले सोमबार होर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी विषयमा ओमानसँग पहिलो चरणको छलफल गरेको जनाएको छ । यता अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोग गरेबापत कुनै पनि प्रकारको ‘ट्रान्जिट शुल्क’ स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ८ : २७ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन