‘रामायण’को ट्रेलरले मच्चायो तहल्का, रणवीर–यशको टक्कर « Khabarhub

‘रामायण’को ट्रेलरले मच्चायो तहल्का, रणवीर–यशको टक्कर


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको महत्त्वाकांक्षी फिल्म ‘रामायण’को ट्रेलर अन्ततः सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालदेखि मनोरञ्जन जगतसम्म व्यापक चर्चा बटुलेको छ । 

भव्य दृश्य, शक्तिशाली भीएफएक्स र स्टारकास्टका कारण यो फिल्मलाई भारतीय सिनेमाकै सबैभन्दा ठूलो पौराणिक परियोजनामध्ये एक मानिएको छ ।

ट्रेलरमा रणवीर कपूर भगवान् रामको भूमिकामा शान्त, संयमित र मर्यादित रूपमा प्रस्तुत भएका छन् भने यश रावणको भूमिकामा प्रभावशाली तथा शक्तिशाली अवतारमा देखिएका छन् । 

साई पल्लवीले माता सीताको भूमिकामा सरल र दिव्य छवि प्रस्तुत गरेकी छन् । साथै लारा दत्ता (कैकेयी), रकुल प्रीत सिंह (शूपर्णखा) अरुण गोविल (राजा दशरथ) लगायतका कलाकारहरूको पनि झलक ट्रेलरमा समेटिएको छ ।

फिल्मको अर्को विशेष आकर्षण यसको संगीत हो । विश्वप्रसिद्ध संगीतकार एआर रहमान र ओस्कर विजेता हान्स जिमरले पहिलो पटक एउटै परियोजनामा सहकार्य गरेका छन् । 

निर्माता नमित मल्होत्राका अनुसार दुई भागमा बन्ने यो फिल्मको कुल बजेट चार हजार करोड रुपैयाँ बढी रहेको छ, जसले यसलाई भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो परियोजनामध्ये एक बनाएको छ ।

तर ट्रेलर सार्वजनिक भएपछि सबैभन्दा धेरै चर्चा हनुमानको पात्रलाई लिएर भइरहेको छ । अभिनेता सन्नी देओलले हनुमानको भूमिका निभाए पनि ट्रेलरमा उनको एक झलकसमेत नदेखिएपछि दर्शकहरूले सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन् । 

धेरैले भने फिल्मप्रति उत्सुकता बढाउन निर्माताले जानाजानी उनको भूमिका गोप्य राखेको हुन सक्ने अनुमान गरेका छन् । 

दुई भागमा रिलिज हुने ‘रामायण को पहिलो भाग अक्टोबर २०२६  दशैँ–तिहारको अवसरमा विश्वभर प्रदर्शन हुनेछ भने दोस्रो भाग २०२७ को दशैँ–तिहारमा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १२ : ४५ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर