जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी « Khabarhub

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । 

गत मङ्गलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो ।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र तीनीहरु मध्ये चार जनाको मृत्यु भएको उनीहरुले पुष्टि गरेका छन् । उद्धार गरिएको पाँच जनालाई चोट लागेको  दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ  ।

जापानमा गएको ७.१–म्याग्निच्युडको भूकम्पले आवासिय घरहरू क्षतिग्रस्त भएको पुलहरूलाई क्षति पुर्याउनुका साथै दशौं हजार बासिन्दाहरू बिजुली र पानीको सुविदाबाट बञ्चित भएको जनाइएको छ ।

भूकम्प पछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेट पछि ठुलो विस्फोट हुँदा अज्ञात सङ्ख्यामा कर्मचारीहरू अझै पनि भित्र रहेको आशंका गरिएको छ ।

 यात्सुशिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको  र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बुधबार एएफपीले बताएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ ।

प्रशान्त ‘रिंग अफ फायर’ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा अवस्थित जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो । रासस

कुमामोटो सन् २०१६ मा दुईवटा विनाशकारी भूकम्पले प्रभावित भएको थियो, जसमा २७३ जनाको मृत्यु भएको थियो  भने  हजार ८०० भन्दा बढी घाइते भएका थिए ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प आउदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो । रासस

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  २ : १८ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई