सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते « Khabarhub

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ।

बजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नरोकिने देखिएपछि प्रहरीले गोली चलाउँदा एकजना युवकको ज्यान गएको छ।

गोलबजारमा गोली लागेर ज्यान गुमाएका युवकको नाम गणेश यादव रहेको छ। उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ।

प्रहरीले हानेको गोली लागेर अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन् । केही प्रदर्शनकारी घाइते भएर सडकमा लडेको देख्न सकिन्छ।

सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि फैलिएको तनाव मधेश प्रदेशतिर सर्दै गर्दा भौतिक क्षति पनि बढेको हो।

गोलबजारमा बिहीबार पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोलबजार नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिएको छ। अहिले गोलबजारमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा पनि दुई समुदायबीचको तनाव बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जनकपुरधामसहित केही नगरपालिका क्षेत्रमा अहिले साढे ३ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : ५९ बजे

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय