संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल « Khabarhub

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ओलीले सुनसरीको देवानगञ्ज र सिरहामा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, गणेश यादवसहित अन्य नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

नागरिकको जीउधनको रक्षा गर्नु र संवादमार्फत समस्याको समाधान खोज्नु सरकारको प्राथमिक दायित्व भएको स्मरण गराउँदै ओलीले अत्यधिक बल प्रयोग र सरकारको मौनताको भर्त्सना गरेका छन् । हिंसात्मक कदम तत्काल रोकेर संवादबाटै निकास खोज्न आग्रह गर्दै उनले सम्भावित अवाञ्छित षड्यन्त्रहरूतर्फ सचेत रहन र कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न सबैमा अनुरोध गरेका छन् ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको यस घडीमा राजनीतिक प्रतिस्पर्धा र आरोप-प्रत्यारोपभन्दा माथि उठेर प्रमुख राजनीतिक दलहरूलाई शान्ति र स्थायित्वका लागि सहकार्य गर्न उहाँले आह्वान गरेका छन् । राष्ट्रिय हित, शान्ति-सुरक्षा र सामाजिक एकताका लागि सम्पूर्ण दल, नागरिक समाज, बुद्धिजीवी र धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई एकजुट हुन पनि ओलीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ५ : ३२ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको सन्देश

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता