खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने « Khabarhub

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो ।

सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू-प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । 

विज्ञ टोलीले अध्ययन गरिसकेकोपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । ‘केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको सो ठाउँमा पहिलोपटक पहिरो झरेको हो । यो स्थान मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पर्दछ’, उनले भने ।

यस ठाउँमा ४० मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको ३० मिटरमाथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिए । करिब २० मिटरबाट खसेको पहिरो ३० मिटरमाथिसम्म पुगेको थियो । पहिरोले करिब २० मिटर लामो भाग पुरेको थियो ।

घिमिरेका अनुसार सो ठाउँमा पुनःपहिरो खस्ने जोखिम छ । उनले त्यसको भूबनोटलगायत वरिपरिको संरचनाको अध्ययन गरी रोकथामको काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । गत वर्ष नगण्य रूपमा पहिरो झरेकामा यस वर्ष १० दिनअघिदेखि सामान्य हुँदै मङ्गलबार एकाएक ठूलो पहिरो झरेको थियो ।

‘यस ठाउँलाई पहिरोको जोखिम रहेका ठाउँमा सडक कार्यालयले राखेको थिएन । वर्षात सुरु भएसँगै पहिरो खस्न सुरु गरेपछि दुःख दिन सक्ने भएकाले रोकथामका लागि तत्काल विषय विज्ञलाई बोलाइएको छ’, इन्जिनियर घिमिरेले भने । यसै सडकका अन्य सात ठाउँमा उच्च जोखिम रहेको जनाउँदै करिब ४३ ठाउँमा जोखिम रहेको उनले बताए  । 

पहिरो खस्नासाथ पन्छाउनका लागि कार्यालयले मुग्लिन र सेती दोभानमा उपकरण राखेको छ । तुइन खोलाको पहिरो नियन्त्रणका लागि बोलपत्र स्वीकारेको निर्माण कम्पनीले उपकरण राखेकाले अन्य ठाउँमा खसेका पहिरो तत्काल पन्छाउनुपर्दा सहयोग लिन सकिने इन्जिनियर घिमिरेले बताए ।

घिमिरेका अनुसार मङ्गलबार खहरे खोलाको पहिरो पन्छाउन तुईन खोलाबाट समेत उपकरण लगिएको थियो । यो सडक हुँदै काठमाडौँ, पोखरालगायत क्षेत्रमा आवतजावत गरिन्छ । 

थोरै समय सडक बन्द हुँदासमेत धेरै यात्रुले दुःख पाउने भएकाले पहिरो रोकथामको कामलाई कार्यालयले प्राथमिकता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ६ : ३९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा