सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप « Khabarhub

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको सामुदायिक तनावका विषयमा भ्रामक र अपुष्ट सूचना प्रसारण नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले मधेशमा भएका केही हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र अन्य माध्यमबाट प्रसारित केही भ्रामक सामग्रीप्रति सरकार गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गरेका छन्। तिमल्सिनाले पत्रकार र सञ्चारमाध्यमलाई पनि सामाजिक सञ्जालकै हैसियत दिएर भ्रम फैल्याएको आरोप लगाएका छन्।

‘यस्ता भ्रामक तथा गैरजिम्मेवार सामग्रीले परिस्थितिलाई थप जटिल बनाउनुका साथै हिंसा भड्किने जोखिम बढाएको छ,’ उनले लेखेका छन्।

मन्त्री तिमल्सिनाले सम्पूर्ण सञ्चारमाध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र प्रवाह गर्न आग्रह गरेका छन्।

अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै समुदाय, समूह वा व्यक्तिविरुद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण वा साझा नगर्न उनले अनुरोध गरेका छन्।

उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै असहमतिका विषय संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।

‘जिम्मेवार सञ्चार, संयमित अभिव्यक्ति र आपसी सम्मानमार्फत शान्त, सुरक्षित र एकताबद्ध रहेर मात्र हामी समृद्ध देश निर्माण गर्न सक्छौँ,’ मन्त्री तिमल्सिनाले भनेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ६ : ३० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,