वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू « Khabarhub

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ।

मन्त्री तथा समितिकी अध्यक्ष सिता बादीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्षभरि मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालित नीति, कार्यक्रम, बजेट कार्यान्वयन, वित्तीय तथा भौतिक प्रगति, सेवा प्रवाह, संस्थागत सुधार तथा समग्र कार्यसम्पादनको विस्तृत समीक्षा गरिएको हो । 

समीक्षा क्रममा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धि, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती, स्रोत–साधनको उपयोगको अवस्था तथा आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो ।

साथै गत फागुन ५ गते सम्पन्न मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आवश्यक निर्देशन तथा सुझाव प्रदान गरिएको थियो । 

लक्ष्यअनुरूपको प्रगति सुनिश्चित गर्न कार्यान्वयनमा देखिएका समस्याको समाधान, अन्तरनिकायबीचको समन्वय सुदृढ गर्ने तथा कार्यसम्पादनलाई थप नतिजामुखी बनाउने विषयमा विशेष जोड दिइयो।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बादीले मन्त्रालयका सबै निकायले सुशासन, पारदर्शिता, जबाफदेहिता तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखी कार्यसम्पादन गर्नुपर्ने बताइन् । 

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा योजनाका लाभग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइन् ।

मन्त्री बादीले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, समयमै कार्यक्रम सम्पन्न गर्ने कार्य संस्कृतिको विकास तथा परिणाममा आधारित कार्यसम्पादनलाई मन्त्रालयको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिइन् । 

उनले समीक्षा बैठकबाट प्राप्त सुझाव तथा निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मन्त्रालयको समग्र कार्यसम्पादनलाई थप सुदृढ, परिणाममुखी र नागरिकमैत्री बनाइने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ०६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा