सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा « Khabarhub

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फैलिएको तनावलाई नियन्त्रणमा लिन प्रशासनले सुनसरी, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ।

ती चार जिल्लाका स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले स्थानीय अवस्था हेरी विभिन्न समय र स्थानमा कर्फ्यु तथा निषेधाज्ञा लागू गरेको जनाएका छन्।

सुनसरीमा १० वटा स्थानीय तहमा मंगलबार रातिदेखि लगाइएको कर्फ्यु अझै पनि निरन्तर छ। सुनसरीको तनाव बुधबारदेखि मधेशमा सरेपछि अवस्था जटिल भएको छ। सिरहाको गोलबजारमा गोली लागेर एक युवकले ज्यान गुमाएका छन्। ठाउँ ठाउँमा आगजनी र तोडफोड भएको छ।

सिरहामा गोलबजार क्षेत्र (पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ स्थित करसहा खोलादेखि पश्चिमतर्फ चौहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को व्यायामशाला क्षेत्रसम्म) दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु लगाइएको छ।

त्यस्तै लहान क्षेत्रमा (पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला, बाटिका होटल क्षेत्रसम्म, उत्तरतर्फ खुट्टी खोलादेखि दक्षिणतर्फ राजमार्गको करिब ५०० मिटर क्षेत्रसम्म) अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको छ।

धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा दिउँसो ३:३० बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।

पर्साको वीरगन्ज महानगरपालिका अन्तर्गत प्रतिमा चोक–बसपार्क बाइपास सडकदेखि पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ४१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा