राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन « Khabarhub

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीको राष्ट्र सम्बोधनपछि भएको यो भेटलाई पछिल्लो समय तराई–मधेसका विभिन्न जिल्लामा विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई वर्तमान सुरक्षा अवस्था, सरकारले अघि सारेका कदम तथा समसामयिक राजनीतिक विषयबारे जानकारी गराएका छन् ।

तराई–मधेस क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको तनाव र त्यसलाई नियन्त्रण गर्न सरकारले चालेका पहलका विषयमा पनि भेटमा छलफल भएको बताइएको छ ।

पछिल्ला घटनापछि सरकारमाथि शान्ति–सुरक्षा कायम राख्न र परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने दबाब बढिरहेका बेला प्रधानमन्त्रीको शीतल निवास भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटबारे औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : २५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना