बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक « Khabarhub

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । 

दसैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो ।

यस अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् : ईएमआई फाइनान्सिङमा जीरो प्रतिशत ब्याज, १लाखसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क प्रिमियम एसेसरिज ।

योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’ मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौं । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ३८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण