४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश « Khabarhub

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको इजलासले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो ।

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र त्यससम्बन्धी विवरणसहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई घरैबाट पक्राउ गरेको थियो । साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 

जेन-जी शहीद रसिक खतिवडाकी आमा रचनाले प्रसाईँले केही दिनअघि शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएकी थिइन्  । 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : ३८ बजे

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन