कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग « Khabarhub

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं ६ को क्षेत्रीय निर्वाचनका क्रममा आफ्ना कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्धारित गरेको निर्वाचन स्थलमा कार्यक्रम सुरु हुनुअघि नै मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही उच्छृङ्खल व्यक्तिहरूले आक्रमण गरेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणबाट आफूसहित क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तवदार, चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरूमाथि आक्रमण भएको र केही कार्यकर्ताहरू गम्भीर घाइते भएको डा.संग्रौलाले बताइन् । 

उनले घाइते कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता र हिंसाका लागि कुनै स्थान नहुने स्पष्ट पारिन् ।

उनले यस्ता अराजक र हिंसात्मक गतिविधिमा संलग्न तथा उक्साउने क्षेत्रीय सभापति देवराज तामाङलगायत सम्बद्ध व्यक्तिहरूमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन र पार्टी विधानबमोजिम कडा कारबाही गर्न माग पनि गरिन् । 

साथै, निर्वाचनका लागि वैकल्पिक व्यवस्था गर्न र स्थगित निर्वाचन प्रक्रियालाई यथाशीघ्र सुचारु गर्न पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष डा। संग्रौलाले अपिल गरिन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ३५ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,