कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग « Khabarhub

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नं ६ को क्षेत्रीय निर्वाचनका क्रममा आफ्ना कार्यकर्तामाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेकी छिन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन, बाँसबारीमा क्षेत्रीय सभापति देवराज तामाङले निर्धारित गरेको निर्वाचन स्थलमा कार्यक्रम सुरु हुनुअघि नै मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही व्यक्तिहरूले आक्रमण गरेको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणबाट आफूसहित क्षेत्रीय सभापतिका उम्मेदवारहरू चुमनारायण तवदार, चेतराज रेग्मी तथा जेन्जी युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित व्यक्तिहरूमाथि आक्रमण भएको र केही कार्यकर्ताहरू गम्भीर घाइते भएको डा.संग्रौलाले बताइन् । 

उनले घाइते कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता र हिंसाका लागि कुनै स्थान नहुने स्पष्ट पारिन् ।

उनले यस्ता अराजक र हिंसात्मक गतिविधिमा संलग्न तथा उक्साउने क्षेत्रीय सभापति देवराज तामाङलगायत सम्बद्ध व्यक्तिहरूमाथि आवश्यक छानबिन गरी प्रचलित कानुन र पार्टी विधानबमोजिम कडा कारबाही गर्न माग पनि गरिन् । 

साथै, निर्वाचनका लागि वैकल्पिक व्यवस्था गर्न र स्थगित निर्वाचन प्रक्रियालाई यथाशीघ्र सुचारु गर्न पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष डा। संग्रौलाले अपिल गरिन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : ३५ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण