गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ « Khabarhub

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथग्रहण गरेका छन् । 

बुधबार सिंहदरबारमा सभामुख डोल प्रसाद अर्यालसमक्ष सभापति पराजुलीले सपथ लिएका हुन् । हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको थियो ।

सपथपछि विशेष समितिका सभापति पराजुलीले बिपद् पूर्वतयारीका लागि पहिले भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने र विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने जानकारी दिए । 

उनले विपद् जोखिम न्यूनीकरण गर्न सकिने गरी एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता जनाए ।

दसैँ–तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि तथा समेट्नुपर्ने विषयहरू निकै बृहत् भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनको भनाइ छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : २० बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण