हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’ « Khabarhub

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् ।  

बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको भन्दै वास्तविक खर्च बढीमा १४ देखि २० करोड रुपैयाँ हाराहारी मात्र रहेको स्पष्ट पारे । 

उनले रसुवा बाढीपछि अस्थायी शिविरमा रहेका परिवारहरूलाई तत्काल भाडामा बस्नका लागि ६ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ र ठूलो परिवार भए थप २ हजार उपलब्ध गराउने व्यवस्था गरिएको बताए । 

विगतको ५० हजारमा अस्थायी आवास वा ३ लाखमा जग्गा किन्नुपर्ने अव्यवहारिक नीति परिमार्जन गरी ६ महिनाभित्र २ कोठे अस्थायी आवास र दीर्घकालीन रूपमा व्यवस्थित ’टाउनसिप प्लानिङ’ मार्फत पुनर्वास गराइने योजना रहेको उनले बताए । 

उनले नुवाकोट लगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकाहरूलाई एउटै होल्डिङ सेन्टरमा राख्दा भएको असहजता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको र त्यस्ता कमजोरीहरू सच्याउँदै तत्काल भाडामा बस्ने रकम उपलब्ध गराइएको उल्लेख गरे ।

भारी वर्षाको पूर्वसूचनाका कारण धेरै क्षति हुनबाट जोगिए पनि मानवीय क्षति हुनु दुःखद भएको र यस पटकको पूर्वतयारीमा भएका सबल पक्ष र कमजोरीहरूको समीक्षा गर्न कार्यसमितिमार्फत छुट्टै समिति गठन गरिने निर्णय भएको उनले जानकारी दिए  ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : २३ बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च