फ्लाई दुबई घटनापछि स्वदेशी र विदेशी विमानको सुरक्षा चुस्त बनाउन नेतान्याहुको निर्देशन « Khabarhub

फ्लाई दुबई घटनापछि स्वदेशी र विदेशी विमानको सुरक्षा चुस्त बनाउन नेतान्याहुको निर्देशन


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानभित्रै पाइलटहरूबीच विवाद उत्पन्न भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्वदेशी र विदेशी विमानको सुरक्षा चुस्त बनाउन निर्देशन दिएका छन् ।

उडान नम्बर एफजेट १०७३ मा आकाशमै पाइलटहरुबीच विवाद सिर्जना भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको थियो । प्रधानमन्त्री नेतान्याहूले यस घटनालाई अत्यन्तै गम्भीर सुरक्षा खतराको रूपमा व्याख्या गरेका छन् ।

भिडियो सन्देशमार्फत उनले इजरायलको आकाश नजिकै ककपिटभित्र एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको र विमानलाई जानाजान दुर्घटना गराउने प्रयास गरेको जानकारी दिएका छन् । घटनामा विमान जमिनतर्फ खस्न थालेपछि केही यात्रु र चालक दलका सदस्यहरूले ककपिटको ढोका बलपूर्वक फोडेर भित्र छिरेका थिए ।

यात्रु र चालक दलका सदस्यहरूको संयुक्त प्रयासले विमानको प्रणाली ध्वस्त पार्न खोज्ने पाइलटलाई नियन्त्रणमा लिएको नेतान्याहूले बताएका छन् । मिडिया रिपोर्टहरूका अनुसार चक्कु प्रहारबाट घाइते हुने पाइलटमा भारतीय नागरिक तथा दुबईमा कार्यरत क्याप्टेन स्मीत मच्छार रहेका छन् । उनीमाथि आक्रमण गर्ने को–पाइलट ओमानका नागरिक रहेको इजरायली अधिकारीहरूले जनाएका छन् । त्यसपछिको अर्का चालक दलका सदस्यले पनि ककपिटमा प्रवेश गरी विमानलाई सन्तुलनमा ल्याउन सहयोग गरेका थिए ।

बोइङ ७३७ विमान साउदी अरेबियाको ताबुकमा सकुशल अवतरण गरेसँगै दुवै पाइलटलाई अस्पताल लगिएको छ । फ्लाई दुबईले विमानमा घटना भएको पुष्टि गरे पनि पाइलटहरूको पहिचान र राष्ट्रियता बारे आधिकारिक रूपमा केही खुलाएको छैन । ठूलो जनधनको क्षति हुनबाट जोगाउने ती साहसी यात्रु र चालक दलका सदस्यहरूको प्रधानमन्त्री नेतान्याहूले उच्च प्रशंसा गर्दै उनीहरूलाई नायकको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : १४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का