जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा « Khabarhub

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।

बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यावसायी गौरीलाल सञ्ज्यालले बताए।

सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् । 

‘जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो’, उनले भने, ‘स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्याउन थालेका हौँ ।’

उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उनले बताए। एकपटक किनेका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए।

‘एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो’, उनले भने, ‘बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।’

घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यावसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।
 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : ३२ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा