बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’ « Khabarhub

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक स्वरूप र बढेको तौललाई लिएर सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङको जवाफ दिएकी छन् ।

उनले बच्चा जन्माएपछि महिलाले तत्कालै पुरानै शरीरमा फर्किनुपर्ने सामाजिक अपेत्तिमाथि प्रश्न उठाउँदै जीवनको नयाँ चरणलाई कुनै दबाबबिना रमाएर बाँच्न चाहेको बताएकी छन् ।

‘भोग इन्डिया’सँगको अन्तर्वार्तामा क्याट्रिनाले महिलाको शरीरमा आउने स्वाभाविक परिवर्तनलाई लिएर गरिने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् । पति विक्की कौशलसँग अम्बानी परिवारको गणेशोत्सवमा सहभागी भएपछि उनको बढेको तौललाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएका थिए । कतिपयले उनका पुराना तस्बिरसँग तुलना गर्दै शारीरिक स्वरूपमाथि टिप्पणी गरेका थिए ।

महिलाले बच्चा जन्माएपछि तत्कालै पुरानै शरीरमा फर्किनुपर्ने दबाब जनाउन प्रयोग गरिने ‘बाउन्स ब्याक’ शब्दप्रति पनि उनले असहमति जनाएकी छन् ।

‘बाउन्स ब्याक किन ? मैले जीवनमा अगाडि बढेर त्यो कुरा प्राप्त गरेकी छु, जसको मलाई लामो समयदेखि चाहना थियो । अनि म किन पछाडि फर्किनु ?’ उनले प्रश्न गरेकी छन् ।

क्याट्रिनाका अनुसार आमा बनेपछि महिलाको शरीरमा आउने परिवर्तनबारे अहिले पर्याप्त जानकारी उपलब्ध छ । यस्तो अवस्थामा पनि महिलाको शारीरिक स्वरूपमाथि नकारात्मक टिप्पणी हुनु जानकारीको अभावभन्दा पनि व्यक्तिगत सोचको उपज भएको उनको भनाइ छ ।

उनले आफू फिटनेसप्रति सचेत रहेको र आफ्नो शरीरलाई कुन अवस्थामा सहज महसुस हुन्छ भन्ने कुरा राम्ररी बुझेको बताएकी छन् । अरूको अपेक्षा पूरा गर्न हतारिनुभन्दा आफ्नै गतिमा फिटनेस लक्ष्य हासिल गर्ने उनको योजना छ ।

अन्तर्वार्तामा क्याट्रिनाले छोरा विहानको जन्मपछिको अनुभव पनि साझा गरेकी छन् । छोरालाई पहिलोपटक देख्दाको क्षण आफू र पति विक्कीका लागि अविस्मरणीय रहेको उनले बताएकी छन् । चार वर्षको प्रतीक्षा र सङ्घर्षपछि जीवनमा आएको यो खुसीले आफूहरूको लामो समयदेखिको चाहना पूरा गरेको उनको भनाइ छ ।

अन्तर्वार्तामा महिलाको सौन्दर्यलाई निश्चित शारीरिक स्वरूपसँग जोडेर हेर्ने सामाजिक सोचबारे पनि चर्चा गरिएको थियो । यस क्रममा सन् १९९० मा प्रकाशित चर्चित पुस्तक ‘द ब्युटी मिथ’ को प्रसङ्गसमेत उठाइएको थियो । उक्त पुस्तकले महिलामाथि थोपरिने सौन्दर्यसम्बन्धी सामाजिक मापदण्ड र दबाबबारे बहस अघि बढाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १० : ५४ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु