मुस्ताङको पर्यटन सुस्ताउँदै « Khabarhub

मुस्ताङको पर्यटन सुस्ताउँदै


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान थालेको हो । 

जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायतले बिहीबारदेखि शनिबारसम्म हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको उल्लेख गर्दै छुट्टाछुट्टै सार्वजनिक सूचना प्रेषित गरेसँगै मुस्ताङमा बुधबारदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या क्रमशः कम हुँदै गएको हो । 

 प्रशासन र स्थानीय निकायले मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार बिहीबारदेखि तीन दिनसम्म मौसम प्रतिकूल रहने सम्भावना रहेकाले सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै मुस्ताङका हिमाली तथा उच्चपहाडी क्षेत्रमा पदयात्रा नगर्न पर्यटक तथा सर्वसाधारणलाई सूचित गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार बिहीबारदेखि तीनदिनसम्म मौसम प्रतिकूल हुने सूचनाका कारण मुस्ताङमा पर्यटकको सङ्ख्या आंशिक रुपमा घट्दै गइरहेको बताए। 

दसैँपछि दैनिक पाँच हजार पर्यटक मुस्ताङ भित्रिने गरेकोमा बुधबारदेखि पर्यटकको सङ्ख्या आधाले घटेको छ । बुधबार बेनी–जोमसोम सडकमार्ग हुँदै दुई हजार ८३४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । 

जसमध्ये दसैँ बिदामा घर गएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिक मुस्ताङ कार्यक्षेत्र र जिल्ला फर्किएका हुन् ।  हिमपात हुने सूचनापछि बिहीबार म्याग्दी र मुस्ताङको सिमाना घाँसाबाट ७७९ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका प्रहरी निरीक्षक महतले जानकारी दिए।

यसैगरी मुस्ताङबाट बुधबार मात्रै तीन हजार ३१२ जना पर्यटक थासाङ–३ स्थित इलाका प्रहरी कार्यालय लेतको चेकपोस्टबाट बाहिरिएका छन् । प्रहरी निरीक्षक महतले बुधबार ७९९ वटा सवारीसाधन मुस्ताङबाट बाहिरिएको बताए। 

उनका अनुसार दुईदिन अघि औसत पाँच हजार बढीले मुक्तिनाथको दर्शन गरेकामा बुधबार दुई हजार ४७९ जनामा सीमित रहेको छ । जसमध्ये स्वदेशी एक हजार ३००, सार्क राष्ट्रका एक हजार १५० र अन्य मुलुकका पर्यटक २१ जना रहेको प्रहरी निरीक्षक महतको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको ‘पर्यटक परमिट चेकपोस्ट’ले पनि भारी वर्षा र हिमपातको जोखिम हुने सूचनाले मुस्ताङमा पर्यटकको आवागमन कम हुँदै गइरहेको जनाएको छ । 

यहाँस्थित एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार हिमपात र वर्षा हुने सूचना अघि मुस्ताङमा दैनिक एक हजार बढी विदेशी पर्यटक भित्रिने गरेकामा बिहीबार उक्त सङ्ख्यामा २५ प्रतिशतले कम पर्यटक भित्रिएको उल्लेख गरे।

 एक्याप पर्यटक चेक पोस्टका अनसार पछिल्लो चारदिनमा तीन हजार ९६९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । २५ अक्टोबरमा ९९४ जना, २६ मा १०६० जना, २७ मा ९१६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा अक्टोबर २९ ९हिजो० साँझ ६ बजेसम्म ६०१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । 

मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये १३० जना विदेशी पर्यटक जोमसोमबाट बाहिरिएको एक्याप प्रमुख गुप्तले जानकारी दिए ।  लोमान्थाङ्क गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिहीबारदेखि भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले कोरलानाका र आसपासका क्षेत्रमा यात्रा नगर्न तथा सवारीसाधन नचलाउन सार्वजनिक अनुरोध गरेका छन् । 

हिमपातका कारण सडकमा हिउँ जम्ने, सवारी दुर्घटना हुनसक्ने र चिसोका कारण स्वास्थ्यमा समस्या पर्नसक्ने भएकाले बिहीबारदेखि शनिबारसम्म मुस्ताङको उपल्लो क्षेत्रमा यात्रा नगर्न तथा यात्रामा रहेकाले उच्च सतर्कता अपनाउन अध्यक्ष गुरुङले सूचनामार्फत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ५१ बजे

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको