निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि « Khabarhub

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

साढे तीन दशकको योगदानको कदर


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ । 

अभिनयमार्फत नेपाली सिने क्षेत्रमा विशेष योगदान पुर्‍याएकी निरुतालाई उनको कला, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ कार्यक्रममा निरुतालाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।

सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी निरुताले साढे तीन दशकको अवधिमा नेपाली फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् । ‘दर्पणछायाँ’, ‘रहर’, ‘मितज्यू’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘आफन्त’, ‘चाँदनी’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’ लगायतका दर्जनौँ फिल्ममा उनको अभिनयलाई दर्शकले रुचाएका छन् ।

अभिनयमा मात्र सीमित नरहेकी निरुताको गायनमा पनि रुचि छ । उनले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी छन् । त्यस्तै, ‘दीपशिखा’ म्युजिक एल्बमका लागि पनि उनले गीत गाएकी छन् ।

रिबन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार नेपाली फिल्म क्षेत्रमा निरुताले पुर्‍याएको योगदान र उनको प्रेरणादायी यात्राको सम्मानस्वरूप यो उपाधि प्रदान गर्न लागिएको हो ।

यसअघि अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ उपाधिबाट सम्मानित गरिएको थियो । 

निरुताको सम्मानले नेपाली फिल्म क्षेत्रमा लामो समय योगदान पुर्‍याएका कलाकारको पहिचान र योगदानलाई कदर गर्ने परम्परालाई निरन्तरता दिनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १ : ५७ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई