शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्री दर १४७ रुपैयाँ ४४ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४० रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ५ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा