आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल « Khabarhub

आजबाट ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ हलमा, अघिल्लो साताको ‘परिवर्तन’ ले गर्न सकेन कमाल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारबाट दुई नेपाली फिल्महरू ‘द ब्लू लाइट’ र ‘आबाट आमा’ प्रदर्शनमा आएका छन्। ‘द ब्लू लाइट’ मा नायकहरू अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी तथा नायिकाहरू बेनिशा हमाल र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।

‘आबाट आमा’ मा नायक पल शाह, नायिकाहरू सिम्रन पन्त र उषा उप्रेती शीर्ष भूमिकामा छन्। यसमा भारतीय कलाकार प्रदीप रावत पनि छन्।

‘द ब्लू लाइट’ बाट बलिराम चौहानले निर्देशनमा डेब्यू गरेका हुन्। ‘आबाट आमा’ निर्देशक चन्द्र पन्तको दोस्रो फिल्म हो। उनको डेब्यू फिल्म ‘ह्रस्व दीर्घ’ हो। प्रदर्शनको पहिलो दिनका लागि ‘आबाट आमा’ ले ‘द ब्लू लाइट’ को भन्दा दोब्बर शो पाएको छ। ‘द ब्लू लाइट’ ले ८५ र ‘आबाट आमा’ ले १७० भन्दा बढी शो पाएका छन्। शो वितरणमा हलहरू ‘आबाट आमा’ प्रति उदार देखिन्छन् भने ‘द ब्लू लाइट’ लाई उपेक्षा गरिएको देखिन्छ।

शुक्रबारदेखि यी दुईले बक्स अफिस प्रतिस्पर्धा सुरू गरेसँगै अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परिवर्तन’ को शो स्वाभाविक रूपमा घटेको छ। साताभर न्यून अकुपेन्सीमा चलेको यो फिल्मले शुक्रबार १२ शो पाएको छ। नायक सुशील श्रेष्ठ र नायिका अन्जना बराइली स्टारर यो फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन। यो व्यापारिक रूपमा लोपोन्मुख बनेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ३७ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)