शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा « Khabarhub

शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : सभापति थापा


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शहीदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् ।

शहीद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले शहीदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन् ।

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन-जी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सांसदहरुले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताए ।
 
सभापति थापाले कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गरेका छन् । 

साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ५१ बजे

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट