१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु « Khabarhub

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सञ्चालन भएको छ।

बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको विमान बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेर पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआई र पाकिस्तानी अखबार ‘डन’ का अनुसार, यो उडानसँगै दुवै देशबीच बिना रोक सीधा हवाई सेवा १४ वर्षपछि पुनः बहाल भएको हो।

पाकिस्तान एयरपोर्ट अथोरिटीका अनुसार, बिमान बंगलादेश एयरलाइन्सको उडान बीजी–३४१ बिहीबार साँझ ढाकाबाट कराची पुगेको हो। अथोरिटीले जारी गरेको विज्ञप्तिमा ‘१४ वर्षपछि ढाकाबाट कराची आउने पहिलो उडान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको’ जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’