आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता « Khabarhub

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठकमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिए । 

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन  आचारसंहिता पालना भएनभएको कडाइका साथ अनुगमन गरिने बताए । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए । 
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : २८ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि