एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन « Khabarhub

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४ देखि १६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी र व्यवस्थापनको जिम्मेवारीसहित परराष्ट्र मन्त्रालयले उक्त समिति गठन गरेको हो।

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

अध्यक्ष

परराष्ट्र मन्त्री

सदस्यहरू

सदस्य, राष्ट्रिय योजना आयोग

सचिव, परराष्ट्र मन्त्रालय

सचिव, अर्थ मन्त्रालय

सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड

सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा

सह–सचिव, आर्थिक कूटनीति महाशाखा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अध्यक्ष, नेपाल उद्योग परिषद्

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

डा. बद्री के.सी., अध्यक्ष, गैर आवासीय नेपाली संघ

महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ

प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : २४ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका