एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन « Khabarhub

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४ देखि १६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी र व्यवस्थापनको जिम्मेवारीसहित परराष्ट्र मन्त्रालयले उक्त समिति गठन गरेको हो।

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

अध्यक्ष

परराष्ट्र मन्त्री

सदस्यहरू

सदस्य, राष्ट्रिय योजना आयोग

सचिव, परराष्ट्र मन्त्रालय

सचिव, अर्थ मन्त्रालय

सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड

सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा

सह–सचिव, आर्थिक कूटनीति महाशाखा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अध्यक्ष, नेपाल उद्योग परिषद्

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

डा. बद्री के.सी., अध्यक्ष, गैर आवासीय नेपाली संघ

महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ

प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : २४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ