बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो « Khabarhub

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहोस भएका छन् । उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको छ ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भएका हुन् । बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । स्थानीय डाक्टरहरूले रगत जमेको हुन सक्ने आशंका गरेका छन्।

उनको उद्दार गरेर काठमाडौं पठाउन हेलिकप्टर सुर्खेतबाट मगाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।

नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनको टोली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका रहेको उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : २९ बजे

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का