भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो « Khabarhub

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई देशको राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।

साँफेबगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले यस्तो बताएका हुन् ।

‘ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन जति महत्वपूर्ण थियो, अहिलेको निर्वाचन पनि उति नै महत्वपूर्ण छ’, उनले भने, ‘हामी आफ्नै निर्णय आफैंले गर्न सक्ने अवस्थामा हुनुपर्छ। देशलाई बलियो बनाउने जिम्मा हामी आफैंको हो ।’

उनले नेपाली संस्कृति कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै नदी, नाला र प्राकृतिक स्रोतसाधन कब्जा गरिँदै युवालाई विदेश पठाउने प्रवृत्तिले देश दीर्घकालीन संकटतर्फ धकेलिएको बताए। ‘नेपालीहरू धनी भएर पनि कंगाल हुने ठाउँमा पुगेका छन्,’ रावलले भने ।

अन्तरक्रियामा रावलले विभिन्न अन्तर्राष्ट्रिय संस्था र एजेन्डाको नाममा देशको दिशामाथि असर पार्ने गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘कहिले बार्बरा फाउन्डेशन, कहिले फ्री तिब्बतीयनजस्ता कुरा सुनिन्छन्। देश यसरी सही बाटोमा गएको छैन,’ उनले भने।

कार्यक्रममा सहभागी शिक्षकहरूले शिक्षा, राष्ट्रिय नीति र युवा पलायनका विषयमा प्रश्न उठाएका थिए। रावलले ती प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता, स्रोतसाधनको संरक्षण र आत्मनिर्भर नीतिमा जोड दिए।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ५७ बजे

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने

सरकारी संरचना तोडफोड र जलाउने योजनाकारलाई भोट नहाल्न एमाले नेता दाहालको आग्रह

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम्

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि