यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’ « Khabarhub

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न नदिने घोषणा गरेको छ। अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोवले बिहीबार यो कुरा बताएका हुन्।

इरानमाथि अमेरिकाले सैन्य हमला गर्न सक्ने आशंका बढिरहेका बेला अजरबैजानको यो बयान आएको हो।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो भूमिबाट इरानविरुद्ध कुनै सैन्य कारबाही गर्न अनुमति नदिने स्पष्ट गरिसकेको थियो। साउदी अरबले पनि यस्तै धारणा सार्वजनिक गरेको छ।

अजरबैजानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री बायरामोवले बिहीबार इरानका विदेशमन्त्री अब्बास अराग्चीसँग फोन वार्ता गरेका थिए। उक्त क्रममा उनले पछिल्लो समय क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन्।

बायरामोवले अजरबैजानले निरन्तर सबै पक्षलाई यस्ता कदम र अभिव्यक्तिबाट टाढा रहन आग्रह गर्दै आएको बताए । इरान र वरपरका क्षेत्रमा अस्थिरता निम्त्याउन सक्ने भएकाले युद्ध जरूरी नभएको उनले बताएका थिए।

उनले सबै समस्याको समाधान अन्तर्राष्ट्रिय कानुनका नियम र सिद्धान्तअनुसार संवाद र कूटनीतिक माध्यमबाट मात्रै हुनुपर्नेमा जोड दिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि भएको हिंसात्मक कारबाहीपछि अमेरिका इरानमाथि नजिकबाट निगरानी गरिरहेको बताएका थिए। उनले अमेरिकाको एक ‘युद्ध जहाज’ खाडी क्षेत्रतर्फ अघि बढिरहेको पनि बताएका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ४४ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा