काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र साहका सहयोगी दिनेश सिटौलालाई काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरले अछामबाट हेलिकप्टरमा सुर्खेत ल्याएको थियो । त्यसपछि त्यहाँबाट सेनाकै स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो ।
उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको थियो ।
अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका ४३ वर्षीय सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भए थिए ।
बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । स्थानीय डाक्टरहरूले रगत जमेको हुन सक्ने आशंका गरेका छन्। उनलाई काठमाडौं ल्याएपछि बालेन भने दैलेखतिर लागेका छन् ।
नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनको टोली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका छ। त्यहाँबाट उनी सुर्खेत ओर्लिनेछन् ।













प्रतिक्रिया