अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ « Khabarhub

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । 

शहीद दिवसका अवसरमा शुक्रबार बिहान हेटौँडास्थित सहिद पार्कमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले नेपालमा राजनीति परिवर्तन भए पनि नेपालीको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गर्दै अब नेपालीको अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री बानियाँले शहीदको बलिदानबाट प्राप्त भएको समावेशी लोकतान्त्रिक गणतन्त्रमाथि खतरा बढेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए । 

नेपाली शहीद बनिरहनुपर्ने अवस्था आउन नदिन राजनीति शक्ति इमानदार हुनुपर्ने बताउँदै उनले नेपाललाई समृद्ध बनाउन सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए । 
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : ५१ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार