म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन « Khabarhub

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । 

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताएकी हुन् ।

यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा ठूलो झट्का मानिएको छ । 

आसियानले सत्ता कब्जापछि सैन्य शासनलाई औपचारिक रूपमा मान्यता दिन अस्वीकार गर्दै आएको छ, । सत्ता कब्जापछि म्यान्मा घातक गृहयुद्ध र गहिरो राजनीतिक सङ्कटमा फसेको छ ।

म्यान्माको चुनावलाई मान्यता दिने कि नदिने भन्ने प्रश्नमा लाजारोले अहिलेको अवस्थामा समर्थन नरहेको स्पष्ट पारेकी छन् । उनले यस वर्ष आसियानको पहिलो मन्त्रिस्तरीय बैठकपछि बोल्दै क्षेत्रीय समूहले तीन चरणमा गरिएको चुनावलाई अनुमोदन नगरेको जानकारी दिइन् । म्यान्मा सङ्कट बैठकको प्रमुख एजेन्डामध्ये एक थियो ।

म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले चुनाव जितेको दाबी गरेको छ । तर प्रमुख विपक्षी दलहरूलाई बहिष्कार गरिएको र असहमतिको कडा दमन गरिएको अवस्थामा भएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको आलोचकहरूको भनाइ छ । 

संसद्का एक चौथाइ सिट स्वतः सेनाका लागि आरक्षित गरिनुले सैन्य नियन्त्रण सुनिश्चित गरिएको बताइन्छ ।

सिङ्गापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले अर्थपूर्ण राजनीतिक प्रगतिका लागि हिंसा अन्त्य, समावेशी संवाद र सबै पक्षको सहभागिता आवश्यक हुने बताएका छन् ।

यस वर्ष आसियानको घुम्ती अध्यक्षता फिलिपिन्सले सम्हालेको छ । सदस्य राष्ट्रहरूबीच आन्तरिक द्वन्द्व, सीमा विवाद र क्षेत्रीय तनाव कायमै रहेका बेला म्यान्माको विषयले समूहको एकतामाथि थप चुनौती सिर्जना गरेको विश्लेषण गरिएको छ । रासस
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : २५ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार