काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताको चाहनाको सम्बोधन नहुने बताएका छन् ।
शुक्रबार शहीद दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।
व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताका चाहनाको सम्बोधन हुन नसक्ने बताउँदै उनले यो यथार्थलाई आत्मसात गर्दै लोकतान्त्रिक आचरणसहित पारदर्शी कार्यप्रणाली अवलम्बन गरेर अहिलेका चुनौतीहरुको सामना गर्नुपर्ने बताए ।
सुशासन र समृद्धिको जनचाहना पूरा गर्दै सुरक्षित भविष्य निर्माण गर्न व्यवस्थित कार्ययोजनासहित अघि बढ्न पनि उनले अपील गरेका छन्।













प्रतिक्रिया