पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम « Khabarhub

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । 

प्रदर्शनीमा नेपाली कलाकार विधाता केसीका कृतिहरू प्रदर्शन गरिएको थियो । केसीका अनुसार उनका कृत्ति पाकिस्तान भ्रमण र त्यहाँका अनुभवबाट प्रेरित थिए ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कलाकारको उत्कृष्ट कार्य तथा नेपाली दृष्टिकोणबाट पाकिस्तानको सृजनात्मक प्रस्तुतीकरणको सराहना गरेका थिए । 

उनले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको एक महत्त्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्दै दूतावास साझा इतिहास, संस्कृति तथा पारस्परिक समझदारी प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताएका थिए । 

कलाकार केसीले पाकिस्तानमा सम्पन्न ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम’ मा सहभागिताको आफ्नो अनुभव सुनाएका थिए । 

उनले पाकिस्तानका विभिन्न स्थानको भ्रमणका क्रममा प्राप्त गरेका समृद्ध कलात्मक, सांस्कृतिक तथा सामाजिक छापहरूले आफ्ना सिर्जनामा कसरी प्रेरणा दिएकाबारे वर्णन गरेका थिए । 

उनले पाकिस्तानको कला र संस्कृतिप्रति प्रशंसा व्यक्त गर्दै आफ्नो बसाइका क्रममा प्राप्त आतिथ्यताप्रति धन्यवाद दिए ।

कार्यक्रममा अन्य अतिथिहरूले कार्यक्रम आयोजनाका लागि पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै कलाकार केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता तथा भावपूर्ण अभिव्यक्तिको सराहना गरे । 

सो अवसरमा आगामी ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा पाकिस्तान फुड फेस्टिभल आयोजना गरिने घोषणासमेत गरिएको थियो । यसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा तथा परिकार परम्पराको स्वाद लिन अर्को अवसर प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका कर्मचारी र परिवारजनको उपस्थिति थियो । 

विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धप्रतिको चासोलाई झल्काएको थियो ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : ५९ बजे

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे